कात्तिकै हिमपात :

मुस्ताङमा ३ वर्षपछि भारी हिमपात, जनजीवन कष्टकर (तस्वीरहरू)


चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या


चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

१२ कात्तिक, मुस्ताङ। आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङलोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।

चराङलोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । चराङलोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ, प्रहरी नायब उपरीक्षक लामाले भने । उनका अनुसार यो हिमपात ३ वर्षपछि भएको हो। यसअघि हिमपात भएको थिएन। 

मङ्गलबार लोमान्थाङन्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेरकोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिएयसैगरी हिमपातका कारण असहज बनेको कागबेनीमुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले बताए ।

मुक्तिनाथ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लागेको छ । कागबेनीदेखि मुक्तिनाथसम्मै हिमपात भइरहेको छ। मुक्तिनाथ दर्शन गर्न जाँदा हिडेर जान नसक्‍ने तीर्थयात्रीहरूलाई आधाबाटो घोडाको सुविधा उपलब्ध छ भने सक्नेहरू आफै हिड्दै भर्‍याङ चढेर जाने गरेका छन् ।

मङ्गलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन्

मङ्गलबार उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्ममुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको थियोभारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको

 तस्वीरहरू : सुशीलबाबु थकाली/मुस्ताङ

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार