मानसरोबर जाने बाटो लिमी उपत्यकामा वनघोडाका बथान (तस्वीरहरू)

उपत्यका, त्यहाँका बस्ती र हिउँको दृश्यले पर्यटकलाई लोभ्याउँछ । यसका साथै उपत्यकामा ठूलो संख्यामा भेटिने हिमचितुवा, चौरी र वनघोडाले पनि पर्यटकलाई आकर्षित गर्छन् ।

२१ जेठ, हुम्ला। हुम्लाको हिमाली क्षेत्र नाम्खाको लिमी उपत्यका पर्यटकी क्षेत्रका रुपमा विकास भइरहेको छ ।

भौगोलिक रुपमा विकट भएकोले त्यहाँ पुग्न अप्ठेरो छ। तर, पुगेर फर्किनेहरूले लिमी भ्यालीलाई ‘स्वर्ग’को रुपमा बयान गर्छन् ।

उपत्यका, त्यहाँका बस्ती र हिउँको दृश्यले पर्यटकलाई लोभ्याउँछ । यसका साथै उपत्यकामा ठूलो संख्यामा भेटिने हिमचितुवा, चौरी र वनघोडाले पनि पर्यटकलाई आकर्षित गर्छन् ।

यो समयमा लिमी उपत्यका आसपासमा ५/७ सय वनघोडाका बथान भेटिन्छन् । वन घोडा पाइने लिमी क्षेत्र नाम्खा गाउँपालिका-६ मा पर्छ ।

वनघोडा ३८०० देखि ५००० मिटर उचाइमा भेटिन्छन् । नाम्खाको लुङलिङ्ग (३८००) देखि लिमी लाप्चा (५००० मिटर) मा वनघोडा भेटिएका हुन् ।

अध्ययन अनुसार ६ दिनको अवधिमा त्यहाँ ७२० वटा वनघोडा भेटिएका छन् । उकाली प्रोजेक्टका रिन्जिन फुन्जोक लामाले आफूहरूले अध्ययन गरेको बताए ।

यो बाटो मानसरोवर-कैलाश दूरदर्शन गर्न जाने बाटो हो । नाम्खा गाउँपालिकामा ठूलो मात्रमा हिउँचितुवा पनि भेटिने गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार